इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज राति भएको खेलमा म्यानचेस्टर सिटीले साउथह्याम्टनमाथि संघर्षपूर्ण जित निकालेको छ। सेन्ट म्यारी स्टेडियममा भएको खेलमा घरेलु टोली साउथह्याम्टनमाथि सिटीले १-० को संघर्षपूर्ण जित निकालेको हो।
सिटीको जितमा रहीम स्ट्रलिङले निर्णायक गोल गरे। खेलको १६ औं मिनेटमा केभिन डी ब्रुइनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। खेलको पहिलो हाफमै सिटी एक गोलले अघि रहेकोमा दोस्रो हाफमा दुबै पक्षबाट गोल नहुँदा सिटीले १-० ले खेल आफ्नो पक्षमा पार्यो।
जितसँगै सिटी अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ। सिटीले १३ खेलबाट २३ अंक जोडेको छ। हारका बावजुत साउथह्याम्टन सिटी भन्दा एक स्थानमाथि छ। साउथह्याम्टनको १४ खेलबाट २४ अंक छ।
