काठमाडौं : तीन महिनापछि सवारी साधनमा लगाएको जोरबिजोर प्रणाली शुक्रबारदेखि हटेपछि ट्राफिक प्रहरीले सक्रिया बढाएको छ।
सडकमा हुने जाम, ट्राफिक नियम उल्लङ्घन तथा याात्रुहरुलाई ठगी गर्ने सार्वजनिक सवारी सााधनलाई कारबाहीको दायरमा ल्याउन सक्रियता बढाएको हो।
काठमाडौं उपत्यकाभित्र दैनिक ११ सय भन्दा बढी ट्राफिक प्रहरी सडकमा खटिने गरेका छन्। शनिवार मात्र महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुबाट बढी भाडा असुल्ने १४ जना ट्याक्सी चालकलाई कारबाही गरेको जनाएको छ। त्यस्तै काठमाडौं उपत्यकाभित्र भित्रिने र बाहिरिने सवारी सङख्यामा पनि बृद्धि हुँदै गएको छ।
पछिल्लो तीन सातादेखि काठमाडौं उपत्यकाभित्र विभिन्न नाकाबाट आउने र जाने सवारीको संख्या ७ हजार बढी भएको छ।
शनिवार पनि ७ हजार ३ सय ५९ सवारी साधन उपत्यकाभित्र प्रवेश गरेका छन्। सोही समयमा ७ हजार ५ सय ५ वटा सवारी साधन भित्रिएको ट्राफिकको तथ्याङकले देखाउँछ।
ट्राफिक प्रहरीका अनुसार शनिवारमात्र काठमाडौं उपत्यकाभित्र ४० वटा सवारी साधन दुर्घटना भए। २८ जना मानिस सामान्य घाइते भएका छन्।
