PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

प्रदेश स्तरीय क्रिकेट टोलीको छनोट : सेमिफाइनलमा पर्सासहित चार जिल्ला



राधेश्याम पटेल

प्रदेश स्तरीय क्रिकेट टोलीको छनोट : सेमिफाइनलमा पर्सासहित चार जिल्ला

वीरगंज : काठमाडौंमा आयोजना हुने प्रधानमन्त्री (कप)क्रिकेट प्रतियोगिताको लागि प्रदेश २ को क्रिकेट टोली छनोट प्रतियोगिता भइरहेको छ। बाराको कलैयामा रहेको सिद्धेश्वर उमावि र धनुषाको १२ बिघा मैदानमा मंसिर २५ गतेबाट छनोट खेल चलिरहेको छ। पुस ६ गते छनोट खेल सकिने भए पनि आइतवार बिहानसम्म सेमिफाइनल र फाइनल खेलको मिति भने तय गरिएको छैन।

सेमिफाइनलमा पर्सासहित चार जिल्लाको टोली भिड्दैछन्। समूह ए बाट धनुषा र सप्तरी पहिलो सेमिफाइनलको लागि छनोटमा परेका छन् भने समूह बी बाट बारा र पर्सा सेमिफाइनलमा प्रवेश गरेको क्यान नेपालका स्कोरर मेहबुब रेजा राइनले बताए। उनका अनुसार प्रधानमन्त्री कप आगामी पुस २१ गतेदेखि हुँदैछ। यसअघि पुस १३ गतेदेखि यो प्रतियोगिता हुने समय तालिका तोकिएको थियो।

प्रधानमन्त्री कपको अन्तिम मिति तय भइसकेपछि प्रदेशस्तरीय सेमिफाइनल र फाइनल खेलको मिति एक दुई दिन ढिलो हुने गरी तय गरिने प्रदेश २ स्तरीय छनोट प्रतियोगिताका मिडिया संयोजकसमेत रहेका राइनले बताए। प्रदेश २ को आठ जिल्लामा सप्तरी, सिराहा, धनुषा, महोत्तरी समूह एमा परेका थिए भने सर्लाही, रौतहट, बारा, पर्सा समूह बीमा परेका थिए। मंसिर २५ गतेदेखि पुस ३ गतेसम्म भएको लिग म्याचमा एउटा जिल्लाले तीन/तीनवटा म्याच खेलेर जित निकाल्दै सेमिफाइनलको लागि ठाउँ पक्का गरेका छन्। प्रतियोगिता समापनपछि आठ जिल्लाका उत्कृष्ट खेलाडीहरूमध्ये १४ सदस्यीय प्रादेशिक क्रिकेट टोली चयन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell