PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको जानकारी पाउनसाथ एकलौटी रुपमा प्रधानमन्त्रीले गरे संसद विघटनको निर्णय



पहिलोपोस्ट

अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको जानकारी पाउनसाथ एकलौटी रुपमा प्रधानमन्त्रीले गरे संसद विघटनको निर्णय

काठमाडौं : सरकारले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतवार आकस्मिक रुपमा बालुवाटारमा बसेको क्याविनेट बैठकले यस्तो निर्णय गरेको हो।

केही मिनेटका लागि चलेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय सुनाएर निस्किएका हुन्। यस विषयमा मन्त्रीहरुबीच छलफलसमेत नभएको एक मन्त्रीले जानकारी दिए।

'उहाँ आउनुभयो। निर्णय सुनाउनु भयो, जानुभयो,' ती मन्त्रीले भने, 'हामीसँग यस विषयमा छलफल नै भएन।'

यता प्रधानमन्त्रीको सचिवालय स्रोतले प्रधानमन्त्री विरुद्ध अविस्वासको प्रस्तावको तयारी भइरहेको कारण संसद विघटनको निर्णय भएको जनाएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई हटाउनका लागि नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संसदको हस्ताक्षर अविस्वासको प्रस्ताव बोकेर हिँडिरहेको र संसद सञ्चालन हुना साथ दर्ता गर्ने तयारी गरिरहेको जानकारी प्रधानमन्त्रीले प्राप्त गर्ना साथ विघटन गर्ने निर्णयमा प्रधानमन्त्री पुगेका हुन्।

यस विषयमा शर्मासँग बुझ्न खोज्दा आफू छलफलमा रहेको र यस विषयमा पछि विस्तृतमा बताउने जानकारी दिए।

पूर्व माओवादी समूहका मन्त्रीहरुले भने निर्णय सुनाइएको तर यसमा आफूँहरुको सहमति नभएको बताएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell