काठमाडौंः एक किशोरको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले हरिनाश गाउँपालिका वडा नम्वर ५ बस्ने २६ वर्षीय रेशम रानालाई पक्राउ गरेको हो।
रानाले शनिबार दिउँसो सोही स्थानमा बस्ने १४ वर्षीय शेर बहादुर थापाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। सामान्य विवाद हँदा रानाले कोदालोले टाउकोमा प्रहार गर्दा किशोरको घटनास्थलमा नै मृत्यु भएको थियो।
घटना थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
