PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

संसद विघटनको सिफारिससँगै जनताले नेकपालाई दिएको मतको वैधता सकिएको छ: गगन थापा



पहिलोपोस्ट

संसद विघटनको सिफारिससँगै जनताले नेकपालाई दिएको मतको वैधता सकिएको छ: गगन थापा

काठमाडौं: नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघठनको सिफारिससँगै नेकपाले चुनावमा पाएको मतको वैधता सकिएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली संसद विघठनको सिफारिस लिएर राष्ट्रपति निवास पुगिरहँदा थापाले यो असंवैधानिक र अलोकतान्त्रिक निर्णय भएको समेत दाबी गरेका हुन्।

'संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ,' थापाले ट्वीटरमा लेखेका छन्, 'प्रधानमन्त्रीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell