PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

संसद विघटन असामान्य मान्छेले गर्ने घृणित कार्य, राष्ट्रपतिले रोक्नुपर्छ : रामनारायण बिडारी



पहिलोपोस्ट

संसद विघटन असामान्य मान्छेले गर्ने घृणित कार्य, राष्ट्रपतिले रोक्नुपर्छ : रामनारायण बिडारी

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)बाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने  वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्रीले संविधानले कल्पना नै नगरेको काम गरेको प्रतिक्रिया दिएका छन्।

सरकारले संसद विघटन गर्ने सिफारिस राष्ट्रपति समक्ष गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

'यो सामान्य मान्छेले, अलिकति संविधान बुझेको मान्छेले गर्नै सक्दैन,' उनले पहिलोपोस्टसँग भने 'यो असामान्य मान्छेले गर्ने निर्णय हो। संविधानले यो मिल्दैन्। पहिले पहिलको संविधानले मिल्थ्यो। गिरिजा बाबुले मनमोहनले गरेको निर्णय मिल्थ्यो।'

उनले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न नमिल्ने दाबी गरे। 'अब यो विषय राष्ट्रपतिको हातमा गयो। राष्ट्रपति संविधानको संरक्षक र पालक भएको हुनाले उहाँले यो निर्णयलाई, यो आदेशलाई अनुमोदन गर्नु हुँदैन। प्रमाणिकरण गर्नुहुँदैन्,' बिडारीले भने, 'यो विषय अदालतसम्म जान सक्छ। अदालतले स्टे अडर जारी गर्न सक्छ। उहाँले यो सारै घृणित सारै लज्जास्पद कार्य गर्नुभयो।'

संविधानले नै कल्पना नगरको निर्णय ओलीले गरेको टिप्पणी गर्दै भने 'उहाँको मानसिकता नै पूरानो छ। केन्द्रीकृत छ। गणतन्त्रलाई माया गर्नु हुन्न। संघीयतालाई पनि धेरै माया गर्नुहुन्न भनेको कुरा होकी जस्तो भयो यसले,' उनले भने,'त्यसकारणले यसलाई राष्ट्रपतिले रोक्नुपर्छ। राजनीतिलाई नर्मल कोर्समा ल्याउनुपर्छ।'

संसदमा कोर्स नै प्रवेश नगरेको अवस्थामा संसद किन विघटन गरेको?  भन्दै उनले प्रश्न गरेका छन्।

प्रधानमन्त्रीको पदको विषयले संसदमा प्रवेश नै नपाएको र संसदको अधिवेशन नचलेको भन्दै उनले सरकारको निर्णय गलत भएको बताए।

'उहाँको विषय पार्टीमा उठेको हो। पार्टीले निर्णय गरेर मात्र प्रधानमन्त्रीको पद जाँदैन्,' उनले भने, 'प्रधानमन्त्रीको पद जानलाई संसदमा जानुपर्छ। संसदबाट अविस्वासको प्रस्ताव गए पनि संसद विघटन गर्न मिल्दैन। यो हुँदै नहुने क्रिया हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell