PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

झापामा एक महिला मृत फेला, प्रहरीको तालिम प्राप्त कु्कुर बोलाएर अनुसन्धान हुँदै   



पहिलोपोस्ट

झापामा एक महिला मृत फेला, प्रहरीको तालिम प्राप्त कु्कुर बोलाएर अनुसन्धान हुँदै   

काठमाडौंः आज बिहान झापामा एक महिलाको शव फेला परेको छ। 

शनिवार साँझ देखि सम्पर्क बिहिन भएकी झापा बिर्तामोड नगरपालिका वडा नम्वर २ चैतुवारी बस्ने ४२ वर्यीया दिनो राजबंशीको शव फेला परेको हो। आज बिहान ८ बजे घरबाट करिव ३ सय मिटरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
उनी शनिवार  ७ बजेतिर घर नजिकै रहेको कुखुरा फर्ममा श्रीमानलाई खाना पुर्‍याउन भनेर गएकी थिइन्। तर उनी फर्ममा पनि नपुगेको र घर पनि नफर्किएपछि उनको खोजी भएको थियो।
आज बिहान मोहन मगरको खेतमा नाक र मुखबाट रगत बगेको, उतानो अवस्थामा मृत भेटिएपछि इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायव निरिक्षकको नेतृत्वमा टोली गएको थियो।

घटनाको अनुसन्धान गर्नसंघिय इकाई प्रहरी कार्यालय धरान सुनसरीबाट तालिम प्राप्त कुकुर समेतको टोली बोलाएर अनुसन्धान सुरु गरिसकेको डिएसपी थापाले जानकारी दिए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell