PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

ओलीको प्रस्ताव प्रतिगामी कदम, यो लागू हुन सक्दैन: नारायणकाजी श्रेष्ठ



पहिलोपोस्ट

ओलीको प्रस्ताव प्रतिगामी कदम, यो लागू हुन सक्दैन: नारायणकाजी श्रेष्ठ

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्माा ओलीले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गर्नु प्रतिगामी कदम भएको बताएका छन्।

श्रेष्ठले सरकारको उक्त सिफारिस गैरसंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र परिवर्तन विरोधी भएको भन्दै यो लागू हुन नसक्ने बताएका हुन्।

'आज प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस गैरसंवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो। यो लागु हुन सक्दैन,' ओलीइतर समूहको बैठकमा खुलमटार पुगेका प्रवक्ता श्रेष्ठले भने, 'यसको विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र,लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक होऔं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell