काठमाडौंः सरकारले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
आइतवार आकस्मिक रुपमा बालुवाटारमा बसेको क्याविनेट बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले शितल निवास पुगेर राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गरिसकेका छन्। अहिलेसम्म राष्ट्रपतिबाट भने स्वकृत भएको छैन।
प्रधानमन्त्री ओलीको यो कदमलाई प्रतिपद दलहरुले मात्र होइन आफ्नै पाटीका नेताहरुले समेत बिरोध गरिरहेका छन्। विघटनसँगै देशभरमा प्रर्दशन तथा विरोध र्याली निस्कन सक्ने आशंकामा प्रहरी प्रधान कार्यालय नक्सालले सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको छ।
' यस्तो अबस्थामा बिरोध प्रर्दशन लगायत हुन सक्छ। त्यसलाई नियन्त्रण तथा मर्यादीत बनाउन हाम्रो सुचना संकलन तथा अन्य कुरामा सुरक्षाकर्मीलाई तैनाथ राखेका छौं।' नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले भने।
प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीले आफ्ना मातहतका निकायहरुमा समन्वय गरेर तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। सात वटै प्रदेशका प्रहरी प्रमुखलाई समेत सुरक्षा व्यवस्था थप कडा र तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन्।
