PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

ओलीलाई कारवाही गर्न प्रधानमन्त्री निवासभित्रै प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्यको बैठक बस्दै



पहिलोपोस्ट

ओलीलाई कारवाही गर्न प्रधानमन्त्री निवासभित्रै प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्यको बैठक बस्दै

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक केही बेरमा बालुवाटारमा सुरु हुँदै छ। बालुवाटारमा जम्मा भएका सत्तारुढ दल नेकपाका प्रचण्ड र नेपाल समूहका स्थायी कमिटीका सदस्यहरु मन्त्रीको पर्खाइमा छन्। 

सिंहदरवारमा सात मन्त्रीले राजीनामाको घोषणा गरेर वालुवाटार जाँदै छन्। पूर्व माओवादी समूहबाट मन्त्री बनेका वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, विना मगरसहित पूर्व  एमालेबाट मन्त्री बनेका योगेश भट्टराई र घनश्याम भुसालले राजीनामा दिएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथल खनाल, तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ छुट्टै छलफलमा जुटेका छन्। 

यो छलफलमा उपाध्यक्ष वामदेव गौतम भने सहभागि भएका छैनन्। आज बस्ने स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने तयारी भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell