PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रतिनिधिसभा विघटन पछि सुरक्षा परिषदको बैठक बालुवाटारमा सुरु



पहिलोपोस्ट

प्रतिनिधिसभा विघटन पछि सुरक्षा परिषदको बैठक बालुवाटारमा सुरु

काठमाडौं : प्रतिनिधिसभा विघटन पछिको राजनीतिक अवस्था पछिको निर्णयका लागि बालुवाटारमा सुरक्षा परिषद्को बैठक सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान मन्त्रिपरिषदको बैठक मार्फत प्रतिनिधि सभा विघटन गर्ने निर्णयसहित राष्ट्रपतिलाई सिफारिस गरेका थिए। सोही अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। 

त्यसपछिको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अहिले प्रधानमन्त्रीले वालुवाटारमा सुरक्षा परिषदको बैठक बोलाएका हुन्। बैठकमा सेना प्रमुख, प्रहरी प्रमुख पुगेका छन्। बालुवाटारमै अहिले प्रधानमन्त्री ओलीलाई कारवाही गर्न नेकपा स्थायी कमिटी बैठक पनि बस्दै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell