काठमाडौं : नेपालमा थप ५८८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ५३ हजार ७७२ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ जना कोभिड-१९ संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ७८८ पुगेको छ।
त्यस्तै थप एक हजार ९७ जनामा कोभिड-१९ संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख ४३ हजार ६६४ जनामा संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा हाल ८ हजार ३२० जना सक्रिय संक्रमित रहेका छन्।
