PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

नेपाली खेलकुदको अभिलेखिकरण सुरु गरिने



पहिलोपोस्ट

नेपाली खेलकुदको अभिलेखिकरण सुरु गरिने

काठमाडौं: नेपाली खेलकुदको अभिलेखिकरणका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल ओलम्पिक संग्राहलयले 'नेपाल खेलकुदको डिजिटल अभिलेखिकृत प्रोजेक्ट २०२०/२१' सुरु गरेका छन्। एनओसीको पहलमा यो अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अन्तर्गतको आईओसी ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत हुन लागेको हो।

'नेपाली खेलकुदको इतिहासमा यस्तो काम यति बृहतरुपमा पहिलो पल्ट हुन लागेको छ र यो नेपाली खेलकुदको इतिहास अभिलेखिकृत गरेर नयाँ पुस्ताका लागि हस्तान्तरण गर्ने प्रयास हुनेछ,' एनओसीको विज्ञप्तिमा भनिएको छ, 'नेपाली खेलकुदको इतिहास अहिलेसम्म व्यवस्थित ढंगले समेट्न प्रयास हुन नसकेको स्थितिमा यो प्रोजेक्टले त्यसलाई परिपुर्ती गर्ने प्रयास गर्नेछ।'

यसअन्तर्गत ओलम्पिक संग्राहलयले नेपाली खेलकुदको सुरुवाती अवस्थादेखि हालसम्म खेलगतिबिधि, सहभागिता र उपलब्धिबारे अभिलेख राख्दै आएको छ। त्यस्तै नेपाली खेलाडी तथा खेल संघबारेका ती अभिलेखलाई अब डिजिटल आर्काइभमा सुरक्षित राख्ने तयारी रहेको कमिटीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell