PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

प्रतिनिधि सभा विघटनविरुद्ध सुर्खेतमा विरोध प्रदर्शन



पी बी खड्का

प्रतिनिधि सभा विघटनविरुद्ध सुर्खेतमा विरोध प्रदर्शन

सुर्खेत : प्रतिनिधि सभा विघटनविरुद्ध सुर्खेतमा विरोध प्रदर्शन गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रधानमन्त्री केपी ओलीविरुद्ध चर्काे नारा बाजी सहित प्रदर्शन गरिएको हो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट जनवर्गीय संगठनहरुले सुर्खेतमा प्रदर्शन गरेका हुन्। प्रधानमन्त्री ओलीले गरेको अवैधानिक, अलोकतान्त्रिक र निरंकुश संसद विघटनको ‘कु’ का विरुद्धमा प्रदर्शन गरिएको उनीहरुले बताएका छन्।

प्रदर्शनमा गणतन्त्र विरोधी हर्कतको प्रतिवाद गरौँ, संसद विघटन खारेज गरौँ, तानाशाह मुर्दावाद, नालायक केपी ओली जस्ता नाराहरु घन्काएर विरोध गरिएको छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनका लागि आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेका थिए। राष्ट्रपति भण्डारीले तत्काल संसद विघटन गरेपछि देशभर चर्काे आलोचना भइरहेको छ भने विरोध र प्रदर्शन समेत शुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell