PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही, केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने स्थायी कमिटीको निर्णय



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही, केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने स्थायी कमिटीको निर्णय
File Photo

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ। 

नेकपाको स्थायी कमिटीको बैठकले ओलीमाथि अनुशासनको कारवाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो। 

नेकपाका अध्यक्षसमेत रहेका ओलीले आइतवार मन्त्रिपरिषदको बैठक मार्फत संसद विघटनको निर्णय गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। सोही अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell