PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

९० सांसदले प्रधानमन्त्रीविरुद्ध दर्ता गराएका थिए अविश्वास प्रस्ताव, के यही कारण भयो संसद विघटन ?



९० सांसदले प्रधानमन्त्रीविरुद्ध दर्ता गराएका थिए अविश्वास प्रस्ताव, के यही कारण भयो संसद विघटन ?

काठमाडौं : आज बिहान संसद सचिवालयमा ९० जना सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको खुलेको छ।

आइतबार बिहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका ९० जना सांसदहरुले प्रधानमन्त्री ओली विरुद्धको अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। प्रस्ताव दर्ता गराएको सुइको पाएका ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका थिए। उक्त बैठकबाट उनले संसद नै विघटन गर्ने सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गरेका थिए। भण्डारीले पनि सरकारले सिफारिस गरेको केही घण्टामा नै संसद विघटन गरेकी थिइन्।

पढ्नुस : अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको जानकारी पाउनसाथ एकलौटी रुपमा प्रधानमन्त्रीले गरे संसद विघटनको निर्णय

अविश्वासको प्रस्तावमा दर्ता समय विहान १० बजेर ५० मिनेटको रहेको बताइएको छ। तर संसद सचिवालयले सो समय सच्याएर ३ बजेर ३० मिनेटमा दर्ता भएको बताएको छ ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell