PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

प्रधानमन्त्रीमाथिको कारवाहीलाई अनुमोदन गर्न ७ गते नेकपाको केन्द्रीय कमिटीको बैठक, कृष्णबहादुर महरालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने प्रस्ताव



पहिलोपोस्ट

प्रधानमन्त्रीमाथिको कारवाहीलाई अनुमोदन गर्न ७ गते नेकपाको केन्द्रीय कमिटीको बैठक, कृष्णबहादुर महरालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने प्रस्ताव
फाइल फोटो

काठमाडौं : सत्तारुढ दल नेकपाको स्थायी कमिटीको बैठक बालुवाटारमा सकिएको छ। प्रधानमन्त्री तथा नेकपाका एक अध्यक्ष केपी शर्मा ओली र उनी पक्षधरले बहिस्कार गरेको बैठकले प्रधानमन्त्रीलाई अनुशासनको कारवाहीका लागि प्रस्ताव केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

केन्द्रीय कमिटीको बैठक ७ गतेलाई काठमाडौंमा बोलाइएको छ। यसअघि बैठक १० गते निर्धारण गरिएको थियो। 

बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने प्रस्तावसमेत गरेको छ। 

यसैबीच आजै प्रचण्डसहित नेकपाका वरिष्ठ नेताहरु माधव नेपाल झलनाथ खनाले सामुहिक रुपमा संसदमा प्रतिनिधित्‍व गर्ने दलहरुसँग छलफल गर्ने तयारी गरेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell