PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

धनगढीमा नेकपाका छुट्टा-छुट्टै गुटगत भेला र प्रदर्शन, झडप हुने स्थिति 



एम बम

धनगढीमा नेकपाका छुट्टा-छुट्टै गुटगत भेला र प्रदर्शन, झडप हुने स्थिति 

कैलाली : संसद् विघटनपछि कैलालीको धनगढीमा नेकपाका नेता/कार्यकर्ताहरू सडकमा आएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'-माधव नेपाल गुटका नेता तथा कार्यकर्ताहरू छुट्टा-छुट्टै गुटगत भेला र प्रदर्शनमा उत्रिएका हुन्।

ओली निकट नेता कार्यकर्ताहरू धनगढीस्थित ओम प्यालेसमा उच्च सतर्कतासहित भेला गरिरहेका छन्। उनीहरूले कैलालीको अत्तरियाबाट र्‍याली निकालेर धनगढी पुगेका थिए। त्यहाँ ओली पक्षका युवाहरूले प्रदेशस्तरीय भेलाको आयोजना गरेका छन्।

पूर्व निर्धारित कार्यक्रमअनुसार पार्टी एकताका लागि प्रदेश स्तरीय युवा दबाब अभियान नाम दिएर युवा सङ्घले भेलाको आयोजना गरेको हो। भेलामा नेकपाका सुदूरपश्चिमका प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सङ्घीय संसद् नारदमुनि रानालगायतका ओली पक्षीय नेताहरूको सहभागिता छ।

यता प्रचण्ड र नेपाल गुटका नेता कार्यकर्ताहरूले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का नारा लगाएर दिनभर धनगढीमा प्रदर्शन गरिरहेका छन्। उनीहरूले ओली पक्षको भेला चलिरहेको भवनअघि समेत प्रदर्शन र नाराबाजी गरेपछि केहीबेर तनावको स्थिति समेत बनेको थियो। तर, सुरक्षा व्यवस्था कडा पारिएकाले अवस्थालाई प्रहरीले सामसुम पारेको छ।

प्रधानमन्त्री र राष्ट्रपतिको कदमले आम जनताको दुई तिहाइ मतलाई ठेस पुगेको भन्दै उनीहरूले संसद् विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा जाने घोषणा गरेका छन्।

नेकपाका प्रदेश कमिटी सदस्य तथा युवा नेता रमेश धामीले भने, ‘ओली र राष्ट्रपति मिलेर जनताको दुई तिहाइ मतको बलात्कार गरेका छन्। यसले सिङ्गो पार्टी र जनतालाई परेको असहजता प्रति हामी क्षमा माग्दै जनमतको रक्षाका लागि सडक सङ्घर्षलाई कडा पर्ने छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell