PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

संवैधानिक परिषद् बैठक : कुन आयोगमा कसको नाम सिफारिस?



रासस

संवैधानिक परिषद् बैठक : कुन आयोगमा कसको नाम सिफारिस?

काठमाडौं: संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक आयोगका रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिस गरेको छ। परिषद्को गत मङ्सिर ३० र आजको बैठकले रिक्त विभिन्न पदमा नियुक्तिका निर्णय गरेको परिषद् सदस्य एवं राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

बैठकले अख्तियार दुरुपयोग अनुन्धान आयोगका रिक्त प्रमुख आयुक्तमा प्रेमकुमार राई तथा आयुक्तमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल, निर्वाचन आयोगका आयुक्तमा रामप्रसाद भण्डारी र डा जानकी तुलाधर, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षमा तपबहादुर मगर तथा सदस्यमा मनोज दुवाडी, डा सूर्य ढुङ्गेल र लिली बस्नेत थापालाई नियुक्ति सिफारिस गरेको छ।

त्यस्तै राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्यमा जुद्धबहादुर गुरुङ र अमरराज मिश्र, राष्ट्रिय महिला आयोगका अध्यक्षमा कमलाकुमारी पराजुली तथा सदस्यमा कृष्णकुमारी पौडेल खतिवडा र रीताकुमारी सिन्हा एवं मुस्लिम आयोगका सदस्यमा मोहमुद्धिन अली र निर्जा अरसत बेगको नाम सिफारिस भएको छ। उक्त निर्णयबारे परिषद्को सचिवालयले संसद् सचिवालयलाई जानकारी गराएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell