PahiloPost

Dec 17, 2025 | २ पुष २०८२

ओली अधिनायकवाद उन्मुख भएको भन्दै नेविसंघद्वारा विरोध प्रदर्शन, जल्यो प्रधानमन्त्रीको पुतला

ओली अधिनायकवाद उन्मुख भएको भन्दै नेविसंघद्वारा विरोध प्रदर्शन, जल्यो प्रधानमन्त्रीको पुतला

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाल विद्यार्थी संघले संसद विघटन गरेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेविसंले देशभर विरोध प्रदर्शन गरेको छ।

प्रदर्शनीमार्गमा नेविसंघ कार्यकर्ताहरुले प्रधानमन्त्रीको पुतला जलाउँदै संसद विघटनको विरोध गरे। 

राष्ट्रपतिले गैर संवैधानिक र अलोकतान्त्रिक कदम चालेको भन्दै उनीहरुले केपी शर्मा ओली अधिनायकवाद उन्मुख रहेको आरोप समेत लगाए। ओलीको कार्यशैलीको विरोध गर्दै नेविसंघले आन्दोलन थालिसकेको र यो जारी रहने नेविसंघका महामन्त्री दीपक अधिकारीले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell