PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

महालक्ष्मी बैंकका शाखा प्रमुख सहित ६ जना बैंकिङ कसुरमा समातिए



पहिलोपोस्ट

महालक्ष्मी बैंकका शाखा प्रमुख सहित ६ जना बैंकिङ कसुरमा समातिए

काठमाडौंः प्रहरीले महालक्ष्मी विका बैंकका शाखा प्रमुख सहति ६ जनालाई बैंकिङ कसुर अभियोगमा नियन्त्रणमा लिएको छ। 
केन्द्रीय अनुसन्धान व्यूरो ( सिआइबी)को टोलीले उपत्यकाभित्रका बिभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बैकका शाखा प्रमुखहरु मोरङको विराटनगर घर भएका अनिस सिंह सिजापती, पोखरा महानगरपालिका घर भएकी पिंकु पालिखे र स्मृती राना रहेका छन्। 
त्यस्तै ऋणीहरुमा खोटाङ साकेला गाउँपालका वडा नम्वर २ घर भएका पुर्ण राई,देवानन्द राई र धनकुटाका सन्दिप लिम्बु रहेको प्रहरीले जानकारी दिएको छ।

बैंकका कर्मचारीसँग मिलेर उनीहरुले कम तौलका सुनका गर गहनालाई बढी तौलको देखाई अत्याधिक मूल्यांकन गरि बढी ऋण  लिनको प्रहरीको अनुसन्धानमा देखिएको छ।  सात करोड बयालिस लाख एकसठ्ठि हजार सात सय त्रिचालिस रुपैयाँको बैंकिङ कसुर भएको देखिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell