PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

एइबरलाई हराउँदै रियल मड्रिड शीर्ष दुईमा



पहिलोपोस्ट

एइबरलाई हराउँदै रियल मड्रिड शीर्ष दुईमा

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले एइबरमाथि जित निकालेको छ। म्युनिसिपल डी इपुरुआमा भएको खेलमा मड्रिडले घरेलु टोली एइबरमाथि ३-१ गोलअन्तरले जित निकालेको हो।

खेलको छैठौं मिनेटमा नै करिम बेन्जेमाले रोड्रिगोको पासमा गोल गर्दै रियललाई खेलमा अग्रता दिलाएका थिए। त्यस्तै बेन्जेमाको पासमा लुका मोड्रिचका १३ औं मिनेटमा दोस्रो गोल गरे। उता एइबरका लागि किकेले १३ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा रियल २-१ गोलअन्तरले अघि रह्यो।

त्यस्तै दोस्रो हाफमा रियलका लागि लुकास भाजक्वेजले अर्को गोल थपे। उनले खेलको अतिरिक्त समयमा बेन्जेमाको पासमा गोल गरेका थिए।

जितसँगै रियलले शीर्षस्थानको एटलेटिको मड्रिडसँग अंक बराबरी गरेको। शीर्षस्थानमा रहेको एट्लेटिकोले १२ खेलबाट र रियलले १४ खेलबाटसमान २९ अंक जोडेका छन्। उता १४ खेलबाट १५ अंकजोडेको एइबर अंकतालिकाको १४ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell