काठमाडौंः भक्तपुरमा बाटो खन्ने क्रममा गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ।
चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छाँयाबस्ती स्थित माथिल्लो मगरचोक देखी बर्दानेश्वर महादेव सम्म जाने बाटो निर्माण गर्ने क्रममा पहिरोले परिदाँ सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय निमा योञ्जनको मृत्यु भएको हो।
आइतबार दिउँसो पहिरोमा पुरिएका योञ्जनको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।
त्यस्तै पहिरोमा पुरिएर अन्य दुई जना घाइते समेत भएका छन्। ४४ वर्षीय प्रेम लामा र ५० वर्षीय भुपालसिंह घिसिङ घाइते भएका हुन्। लामाको अबस्था साामान्य छ भने घिसिङको नारायणटार स्थित अर्थोपेटिक अस्पतालमा उपचार भइरहेको छ।
