PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बालुवाटारमा आफ्ना पक्षका सांसदहरुलाई संसद विघटन गरिनुका कारण पेश गर्दै ओली, प्रचण्ड नेपालको पक्षको बैठक संसद भवन बानेश्वरमा



प्रकाश भण्डारी

बालुवाटारमा आफ्ना पक्षका सांसदहरुलाई संसद विघटन गरिनुका कारण पेश गर्दै ओली, प्रचण्ड नेपालको पक्षको बैठक संसद भवन बानेश्वरमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेपाल कम्युनिस्ट पार्टी विघटनको संघारमा पुगेको छ। प्रधानमन्त्रीको कदमअघि नै पटकपटक संकटमा पर्दै आएको नेकपा एकता अब के हुने अन्योल छ।

यद्यपि प्रधानमन्त्रीको कदमपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्न ओली गुट र उनीइतरका गुटको भेला सोमबार बिहानैबाट चल्ने भएको छ। प्रधानमन्त्री ‌ओलीले अहिले बिहान साढे ९ बजेका लागि बालुवाटारमा बैठक डाकेका छन्। भेलामा ओली पक्षका नेताहरु र सांसदहरु उपस्थित हुने नेता सुवाष नेम्वाङले जानकारी दिए।

बालुवाटारमा ओलीले आफूले चालेको कदमबारे आफ्ना नेताहरुलाई प्रस्टीकरण दिनेछन्। ओलीले आफूले पार्टीलाई कसरी बचाएको भन्ने विषय पनि फेहरिस्त प्रस्तुत गर्ने उनका सञ्चारविज्ञ रामशरण बजगाईले जनाए। स्थायी कमिटीले आइतवार बालुवाटारमा गरेको निर्णय आफूलाई मान्य नहुने ओलीले यही बैठकमा बताउने कार्यक्रम रहेको छ। अध्यक्ष ओलीको उपस्थिति बिनाको निर्णय विना भएको निर्णय पार्टीको विधान विपरित रहेको ओलीको ठहर रहेको उनको भनाई थियो।

यता संसद विघटनको विपक्षमा तीव्र विरोधमा लागेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षधरका नेताहरुले दिउँसो १ बजेका लागि बैठक डाकेका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा बस्न लागिएको बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध अब कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल हुनेछ। नेता देव गुरुङका अनुसार यहाँ प्रचण्ड नेपाल पक्षले आफ्नो गुटको नेताहरु कति छन् भनी टेस्टसमेत गर्नेछन्।

सभामुखको पद नगइसकेकोले अब कसरी अघि बढ्ने भन्ने विषयमा पनि यो बैठकमा छलफल हुने गुरुङले बताए। बैठकमा शीर्ष नेताहरुकोसमेत उपस्थिति हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell