PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

संसद विघटन गर्ने ओलीको कदमविरुद्ध रणनीति बनाउँदै प्रचण्ड-नेपाल पक्ष, संविधानविदहरुसँग छलफल



पहिलोपोस्ट

संसद विघटन गर्ने ओलीको कदमविरुद्ध रणनीति बनाउँदै प्रचण्ड-नेपाल पक्ष, संविधानविदहरुसँग छलफल

काठमाडौं: विघटित प्रतिनिधि सभाका आफू निकट सांसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएर छलफल गरिरहँदा नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहका नेताहरु कानुनी परामर्शमा लागेका छन्।

प्रचण्ड पक्षले अविश्वासको प्रस्ताव अघि बढाइरहँदा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको ओली निकट स्रोतको दाबी छ। ओ‌लीले संसद विघटन गरेपछि अहिले प्रचण्ड र माधवकुमार नेपाल पक्ष कानुनविद तथा संविधानविदहरुसँगको छलफल जुटेका हुन्।

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले प्रधानमन्त्री-राष्ट्रपति द्वारा चालिएको असंवैधानिक एवं निरंकुश कदमको विरुद्धमा अब चालिने संवैधानिक एवं राजनीतिक कदमका बारेमा संविधानविद् एवं कानुनविद्हरुसँग परामर्शमा प्रचण्ड पक्षका नेताहरु जुटेका जनाएकी हुन्। प्रचण्ड नेपाल समूहले सर्वोच्चमा संसद विघटनविरुद्ध रिट दिने तयारी समेत गरेका छन्।

अर्कोतर्फ ओलीले आफू निकट सांसदलाई बालुवाटारमा बोलाएर पार्टीमा आफूलाई घेराबन्दी गरिएकाले संसद विघटन गर्नुपरेको प्रस्टिकरण दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell