PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

ओली समूहका सांसद भन्छन्, ‘चुनावमा नेकपा एक भएर जान्छ, सूर्य चिन्ह लिएर जान्छौं’



पहिलोपोस्ट

ओली समूहका सांसद भन्छन्, ‘चुनावमा नेकपा एक भएर जान्छ, सूर्य चिन्ह लिएर जान्छौं’

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद खेम प्रसाद लोहनीले घोषित मध्यावधि चुनावमा नेकपा एक भएर भाग लिने दाबी गरेका छन्।

संसद विघटन गर्ने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई लोकतन्त्र र जनता जोगाउने, समृद्धि अगाडि बढाउने दुखद कदम भन्दै लोहनीले सूर्य चिन्ह लिएर चुनावमा जाने उल्लेख गरे।

‘ओली सरकार षडयन्त्रको सिकार भयो। राष्ट्र, जनता र लोकतन्त्रको रक्षाका लागि ताजा जनादेशमा जाने निर्णय भयो। सबै समूह नेकपा भएरै चुनावमा जान्छ। फेरि पनि जनादेश प्राप्त गर्छौं। जनताले जे जनादेश दिनुहुन्छ स्वीकार्छौं,’ ओली निकट सांसद लोहनीले रिपोर्टर्स क्लबमा भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell