PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

संसद विघटन पछि नेकपा संसदीय दलको बैठक वानेश्वरमा सुरु, ओली पक्ष अनुपस्थित



पहिलोपोस्ट

संसद विघटन पछि नेकपा संसदीय दलको बैठक वानेश्वरमा सुरु, ओली पक्ष अनुपस्थित

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछिको राजनीतिक अवस्थाका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांसदहरुको बैठक वानेश्वरस्थित संसद भवनमा सुरु भएको छ।

छलफलमा ओली पक्षधर सांसदहरुको उपस्थिति छैन। त्यस्तै बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामवहादुर थापा पनि सहभागी छैनन्। बैठकमा नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्मा सहभागी भएका छन्।

संसदीय दलमा १३० जना भन्दा बढी सदस्य आफ्नो पक्षमा रहेको नेता नेपालले दाबी गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell