PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

श्रीलंकाको उदाहरण दिँदै जसपा नेताले भने, ‘सभामुखले अविलम्ब संसदको विशेष बैठक बोलाउनुपर्छ’



पहिलोपोस्ट

श्रीलंकाको उदाहरण दिँदै जसपा नेताले भने, ‘सभामुखले अविलम्ब संसदको विशेष बैठक बोलाउनुपर्छ’

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनीष सूमनले सभामुखले अविलम्ब संसदको विशेष बैठक बोलाउनुपर्ने बताएका छन्।

अधिकारै नभएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको भन्दै सूमनले सभामुखले विशेषाधिकार प्रयोग गरेर अविलम्ब बैठक बोलाउनुपर्ने माग गरे।

‘श्रीलंकामा यस्तै संकट आयो। सभामुखले विशेषाधिकार प्रयोग गरे। विशेष संसद बैठक बोलाए। बैठकले पुनर्स्थापनाको प्रस्ताव अदालतमा पठायो। अदालतले सदर गर्‍यो,’ नेता सूमनले भने, ‘हाम्रोमा पनि सभामुखले विशेषाधिकार प्रयोग गर्नुपर्छ। धारा १०३ ले व्यवस्था गरेअनुसार अविलम्ब बैठक बोलाउनुपर्छ। राष्ट्रपतिलाई जानकारी मात्र गराउने हो। आफू जीवित भएको घोषणा गर्‍यो भने हुन्छ। सबै नौटंकी बन्द गर्नुपर्छ।’

सूमनले प्रधानमन्त्रीले अब राजनीतिबाट सन्यास लिएर अवकाश हुनुपर्ने उल्लेख गरे। ‘नेकपाले अपराधी व्यक्तिलाई संरक्षण गर्दा आज यस्तो अवस्था आयो,’ उनले भने।

अहिलेको अवस्था आउनुमा प्रचण्ड, नेकपा, कांग्रेस दोषी रहेको र ओली मुख्य दोषी भएको सूमनको भनाई छ। 

एउटा पार्टीको अन्तरद्वन्द्वका खातिर व्यवस्थालाई ध्वस्त पार्न खोज्ने?’ सुमनले प्रश्न गरे, ‘यो बहुलाहापन हो। कसैको सनकको भरमा देश चल्नु हुँदैन।’

सुमनले आफ्नो पार्टी निर्वाचनका लागि भने तयार रहेको स्पष्ट पारे। ‘तर वैशाखमा निर्वाचन हुँदै हुँदैन। आफ्नै पार्टीको महाधिवेशन गर्न नसक्नेले के निर्वाचन गराउँलान?’ उनले भने।

नेता सुमनले अधिकार नभएर संसद विघटन गरिएको विषयमा सर्वौच्च न्यायालयप्रति विश्वास रहेको पनि उल्लेख गरे। आफूहरु अहिले न्यायालयको निर्णय कुरिरहेको र राजनीतिक रुपमा सडकमा यो कदमको प्रतिवाद गर्ने पनि सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell