PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

प्रचण्ड, माधव, झलनाथ र नारायणकाजी सानेपामा

प्रचण्ड, माधव, झलनाथ र नारायणकाजी सानेपामा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले अपराह्न बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन नेकपा नेता सानेपा पुगेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै प्रतिपक्षी दलले चाल्नुपर्ने कदमबारे छलफल गर्न काँग्रेसले सर्वदलीय बैठक बोलाएको छ।

बैठक केही बेरमा सुरु हुने बताइएको छ।

आइतवार साँझ पनि कांग्रेस संसदीय दलको कार्यालयमा संयुक्त बैठक बसी नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीले सरकारको पछिल्लो कदमको विरोध गर्ने निर्णय गरेका थिए।

बैठकमा नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठ, नेताहरु देवप्रसाद गुरुङ र जनार्दन शर्मा सहभागी थिए।

यस्तै कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु बालकृष्ण खाण, डा मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए। यस्तै जसपाका नेताहरु डा बाबुराम भट्टराई र राजेन्द्र महतो उपस्थित थिए।



ट्रेन्डिङ पोस्ट

Ncell