PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

नेकपा विभाजनको संघारमा: दुबै पक्षले बोलाए केन्द्रीय कमिटीको छुट्टा छुट्टै बैठक



पहिलोपोस्ट

नेकपा विभाजनको संघारमा: दुबै पक्षले बोलाए केन्द्रीय कमिटीको छुट्टा छुट्टै बैठक

काठमाडौं : सत्तारुढ दल नेपाल कम्यनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा छ। पार्टी भित्रको किचलोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै स्पष्ट रुपमा दुई कित्तामा नेकपा विभाजन भएको छ।

यस्तोमा मंगलवार दुबैपक्षले आफू पक्षका केन्द्रीय कमिटीका सदस्यहरुको भेला बोलाएका छन्। नेकपाको प्रचण्ड-नेपाल समूहले आइतवार स्थायी कमिटीको बैठक मार्फत पार्टीका अर्का अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो। सोही अनुसार १० गतेका लागि पूर्वनिर्धारित बैठकलाई मंगलवारका लागि सारिएको छ।

बैठक मंगलवार दिउसो १ बजे कार्की बैंक्वेट बबरमहलमा बस्दैछ। यो बैठकले ओली माथि कारवाही गर्ने निर्णय गर्ने बताइएको छ।

अर्को तर्फ ओलीले मंगलवार बिहान नै केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। पार्टी कमिटीको बैठक छलिरहेका ओलीले केन्द्रीय कमिटीको बैठक बिहान ९ बजे बालुवाटारमा बोलाएको नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिएको राससले जनाएको छ।

पार्टीभित्र विवाद उत्पन्न भई प्रतिनिधिसभा विघटनपछिको स्थितिबारे केन्द्रीय कमिटीको बैठकमा ब्रिफिङ गर्ने तयारीमा ओली रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell