काठमाडौं : नेपालमा थप ७४२ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ५४ हजार ५१४ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ७९५ पुगेको छ।
आज थप एक हजार ७९ जना कोभिड-१९ संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख ४४ हजार ७४३ पुगेको छ। हाल ७ हजार ९७६ जना सक्रिय संक्रमित रहेका छन्।
