PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

देउवा, प्रचण्ड, माधव र महन्थहरुको उपस्थितिमा सानेपामा सर्वदलीय बैठक सुरु, बाबुराम र कमल थापा अनुपस्थित

देउवा, प्रचण्ड, माधव र महन्थहरुको उपस्थितिमा सानेपामा सर्वदलीय बैठक सुरु, बाबुराम र कमल थापा अनुपस्थित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक सुरु भएको छ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, जसपाका नेताहरु महन्थ ठाकुर, सरतसिंह भण्डारी लगायत सहभागी छन्।

जसपा नेता बाबुराम भट्टराई र राप्रपा अध्यक्ष कमल थापा भने अनुपस्थित छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै प्रतिपक्षी दलले चाल्नुपर्ने कदमबारे छलफल गर्न काँग्रेसले सर्वदलीय बैठक बोलाएको बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell