PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रदेश १ मा २७६ जना डिस्चार्ज हुँदा थपिए ९४ संक्रमित



फूलमाया पुरी

प्रदेश १ मा २७६ जना डिस्चार्ज हुँदा थपिए ९४ संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टाभित्र प्रदेश १ मा २७६ जना डिस्चार्ज भएका छन्। सोमवार होमआईसोलेसनबाट २७०, विराट मेडिकल कलेजबाट ३, मेची अस्पतालबाट २ र न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन्। यससँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज हुनेको संख्या २५ हजार ३९५ पुगेको छ।

त्यस्तै, प्रदेश १ मा सोमवार ९४ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ५२, सुनसरीमा १९, झापामा ८, संखुवासभामा ३, इलाममा २, भोजपुर, उदयपुर, पाँचथर र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा २७, सुन्दरहरैचामा ६, बेलबारीमा ४, बुढीगंगामा ३, ग्रामथान, लेटाङ, कटहरी, उर्लाबारीमा २/२, केराबरी, रंगेली, रतुवामाई र स्थानीय तह नखुलेका १/१ मा संक्रमण देखिएको छ।

त्यस्तै, सुनसरीको इटहरीमा ८, धरानमा ४, दुहवीमा २, रामधुनी, देवानगञ्ज, बराहक्षेत्र, इनरुवा र स्थानीय तह नखुलेका १/१ जना पनि संक्रमित भएका छन्।

त्यसैगरी, झापाको कनकाई, बाह्रदशी, विर्तामोड, दमक, गौरादह, शिवसताक्षी, भद्रपुर र स्थानीय तह नखुलेका १/१, संखुवासभाको धर्मदेवीमा २ र स्थानीय तह नखुलेका १ मा पनि संक्रमण पुष्टि भएको छ। यता इलामको इलाम नगरपालिकामा २, भोजपुर, उदयपुरको बेलका, पाँचथर, ताप्लेजुङको पाथीभरा याङवरकमा १र१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा सोमवार ७५० जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ४१ महिला र ५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म २ लाख ५ हजार ६ जनाको पीसीआर परीक्षण गरिएकोमा कोरोना संक्रमितको संख्या २९ हजार ४२६ पुगेको मन्त्रालयले जनाएको छ।

त्यसो त पछिल्ला केहिदिनदेखि प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्दोदरमा छ। तर पनि पछिल्लो २४ घण्टाभित्र सुनसरीका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४५६ पुगेको छ। जसमध्ये १३५ महिला र ३२१ पुरुष रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell