PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अर्को साताबाट



पहिलोपोस्ट

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अर्को साताबाट
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता अर्को साताबाट शुरु हुने भएको छ। दाङको लमहीमा पुष ११ गतेबाट प्रतियोगिता शुरु गर्ने गरी नेपाल क्रिकेट संघ क्यानले तालिका सार्वजनिक गरेको हो।

प्रतियोगिता पुष ११ गते शुरु भएर १९ गते सम्पन्न हुनेछ। प्रतियोगितामा ८ वटा टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा शसस्त्र प्रहरीको एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन्। त्यस्तै समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ छन्। ११ गतेदेखि १७ गतेसम्म दैनिक दुई खेल हुनेछन्।

पहिलो खेल बिहान ९ बजे शुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे शुरु हुनेछ। १७ गते समूह ए को विजेता र समूह बी को उपविजेताबीच पहिलो र समूह बी को उपविजेता र समूह ए को विजेताबीच सेमिफाइनल खेल हुनेछ। १८ गते खेल हुने छैन भने १९ गते फाइनल खेल हुने क्यानले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell