इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले वेस्टह्याममाथि जित निकालेको छ। स्टामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोलीले वेस्टह्यामलाई ३-० ले हराएको हो।
चेल्सीको जितमा ट्यामी अब्राहमले दुई गोल गर्दा थिएगो सिल्भाले एक गोल गरे।
घरेलु टोलीले खेलको १० औं मिनेटमै अग्रता बनाएको थियो। म्यासन माउन्टको पासमा थिएगो सिल्भाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा चेल्सी एक गोलले अघि रह्यो।
दोस्रो हाफमा चेल्सीका अब्राहमले दुई गोल थपे। उनले खेलको ७८ रर ८० औं मिनेटमा गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे।
जितसँगै १४ खेलबाट २५ अंक जोडेको चेल्सी अंकतालिकाको अंकतालिकाको पाँचौं स्थानमा छ। उता समान खेल खेलेको वेस्टह्याम २१ अंक जोड्दै १०औं स्थानमा छ।
