काठमाडौंः ट्याक्सी तथा सार्वजनिक सवारी साधनमा हराएको सामान पाउन निकै मुस्किल पर्छ। झन् पैसा र सुनको गहरगहना त झनै भेटिदैन।
तर गणेश केसीको हकमा भने त्यसो भएन। उनले ट्याक्सीमा छोडेको सुनको ब्रासलेट समेत एकदिनपछि भेटाउन सफल भएका छन्। उनको सुनको ब्रासलेट खोज्न महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले सहयोग गरेको थियो।
पुस ४ गते दिउँसो सवाँ २ बजेतिर गणेश जावलाखेल चिडिया खानादेखि पेप्सीकोलासम्म ट्याक्सीमा गएका थिए। त्यही क्रममा उनको सुनको ब्रासलेट छुटेको थियो। त्यसपछि उनले ट्राफिक प्रहरीमा जानकारी गराए।
बा.२.ज १९४१ नम्बरको टयाक्सीमा सुनको ब्रासलेट भेटिएपछि प्रहरीले उनलाई बुझाएको हो।
