PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ओली निकट केन्द्रीय कमिटी बैठकका तीन एजेण्डा: प्रचण्डलाई कारवाही, केन्द्रीय सदस्य थप्ने देखि दल फुटाउ अध्यादेशसम्म



प्रकाश भण्डारी

ओली निकट केन्द्रीय कमिटी बैठकका तीन एजेण्डा: प्रचण्डलाई कारवाही, केन्द्रीय सदस्य थप्ने देखि दल फुटाउ अध्यादेशसम्म

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूहको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ। बिहान ९ वजेका लागि बोलाइएको बैठक केही ढिलोगरि मात्रै सुरु भएको हो। ओली समूहका नेताहरुले आजको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई कारवाही गर्न निर्णय गरिने बताएका छन्।

ओली निकट एक नेताले मंगलवारको बैठकले अब राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश आवश्यक भएकाले त्यो बिषयमा बैठकमा छलफल भइरहेको जानकारी दिए।

दल विभाजनका लागि आवश्यक संख्या नपुगेपछि अध्यादेश ल्याउनेबारे छलफल भइरहेको ती नेताको दाबी छ। दल विभाजनका लागि केन्द्रीय कमिटी र संसदीय दल दुबैमा ४० प्रतिशत सदस्य संख्या पुग्नुपर्ने ब्यवस्था छ।

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा अब ओलीका लागि केन्द्रीय कमिटीमा ४० प्रतिशत आवश्यक छ। त्यसमा पनि ओलीको ४० प्रतिशत सदस्य नपुग्दा पार्टी फुटाउन सक्दैनन्। त्यसका लागि ३० प्रतिशतको प्रावधानसहित अध्यादेश ल्याउने विषयमा छलफल ओलीले थालेका छन्। 

यता उनले आफ्नो पक्षमा केन्द्रीय कमिटीमा सदस्य पुर्‍याउनका लागि केन्द्रीय कमिटीमा सदस्यहरु थप गर्ने तयारीका साथ सूचीसमेत तयार गरेको ओली निकट एक नेताले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell