PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

माधवलाई अध्यक्ष बनाउन प्रचण्ड-नेपाल समूहले थाल्यो तयारी, ओलीले प्रचण्डलाई कारवाही गर्नै नसक्ने दाबी



प्रकाश भण्डारी

माधवलाई अध्यक्ष बनाउन प्रचण्ड-नेपाल समूहले थाल्यो तयारी, ओलीले प्रचण्डलाई कारवाही गर्नै नसक्ने दाबी

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट समूहले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ। 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समूहले माधवलाई पार्टी अध्यक्ष बनाउन छलफल सुरु गरेको हो।

मंगलवार बोलाइएको केन्द्रीय कमिटीको बैठकमा नेपाललाई अध्यक्ष बनाउने बारे छलफल हुने स्थायी कमिटी सदस्य मात्रिका यादवले जानकारी दिए। हाल कार्यकारी अध्यक्ष प्रचण्ड नै रहेकाले तत्काल आवश्यक नपरे पनि दुई अध्यक्ष रहने भएकाले माधव नेपाल अध्यक्ष हुने उनको भनाई छ।

'आजको बैठकमा माधव नेपाल अध्यक्ष हुने विषयमा पनि छलफल हुन्छ। तत्कालका लागि त कार्यकारी अध्यक्ष नै हुनुहुन्छ,' उनले भने।

पुस ५ को स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई अनुशासनको कारवाही सिफारिस गरेको थियो। कारवाहीको प्रस्ताव मंगलवारको केन्द्रीय कमिटी बैठकमा बहुमतले पारित गर्ने तयारी छ।

यादवले ओलीले प्रचण्डलाई कारवाही गर्ने हैसियत नै नराख्ने भएकाले कारवाही हुनै नसक्ने दावी गरेका छन्। 'दुनियामा कहीँ नभएको काम ओलीले गरिरहेका छन्। बहुमतले गर्छ कि अल्पमतले गर्छ कारवाही?' उनले प्रतिप्रश्न गरे।

प्रचण्ड-नेपाल समूहले मंगलवार दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ। उता केपी ओली समूहका नेता भने प्रचण्डलाई अनुशासनको कारवाही भइसकेकाले उनले गरेका निर्णय बैधानिक नहुने तर्क गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell