PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

नयाँ किसिमको कोरोना भाइरसविरुद्ध काम गर्लान् बनिसकेका खोपले?



पहिलोपोस्ट

नयाँ किसिमको कोरोना भाइरसविरुद्ध काम गर्लान् बनिसकेका खोपले?

बेलायतमा नयाँ किसिमको कोरोना भाइरसले धेरै मानिसलाई बिरामी बनाएको छ। जसका कारण त्यहाँ संक्रमितको संख्या बढ्दो छ। महामारी यता सर्वाधिक दैनिक संक्रमण दर दर्ता भएको छ। लगत्तै केही देशहरूले बेलायत आउन- जानमा प्रतिबन्ध लगाएका छन्।

बेलायतमा पनि हाल थुप्रै क्रियाकलाप प्रतिबन्ध गरिएको छ। बीबीसीका अनुसार फरक भनिएको कोरोना भाइरस केही समयमै त्यहाँको विभिन्न शहरमा फैलदो छ। सरकारका सल्लाहकारहरूले नयाँ किसिमको भाइरस पहिलेको तुलनामा बढी संक्रामक छ। भाइरसले सधैं रुप बदल्ने भएका कारण यसबारे तत्काल केही दावी गर्न नसक्ने वैज्ञानिकहरूले बताएका छन्।

समयमै यसलाई नियन्त्रणका लागि आवश्यक प्रावधान भने बनाउनु पर्ने तर्क छ।

कोभिड-१९ जिनोमिक्स युके कन्सोर्टियमका प्राध्यापक निक लोमनले भने,'ल्याबोरेटरी परीक्षण आवश्यक छ। तर, के कुनै निर्णय लिनु अघि तपाईं हप्तौं वा महिनौं नतिजा पर्खन चाहनुहुन्छ? मलाई लाग्दैन यो अवस्थामा कुनै प्रावधान बनाउनकै लागि पर्खन सकिन्छ।'

कोरोना भाइरसको नयाँ प्रकार सबैभन्दा पहिले सेप्टेम्बरमा पत्ता लागेको थियो। नोभेम्बरमा बेलायतका एक चौथाइ संक्रमितमा नयाँ प्रकारको भाइरस देखिएको थियो। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले शनिवार भनेका थिए,'नयाँ प्रकारको भाइरसलाई बुझेका छैनौं। तर यसले मानिसलाई बिरामी बनाइरहेको छ। यसकै कारण ७० प्रतिशतभन्दा बढी संक्रमण बढ्ने चुनौती छ।'

७० प्रतिशतको आँकडा लण्डन इम्पेरियल कलेजका डाक्टर एरिक बोल्जले पछिल्लो शुक्रवार नै दिएका थिए।

कोरोना भाइरस जुन सबैभन्दा पहिले चीनको वुहानमा देखिएको थियो त्यसको स्वरुप हाल दुनियाँमा फैलिरहेको भाइरससँग मिल्दैन। डि सिक्स फोर्टिन जी फेब्रुअरीदेखि युरोमा फैलिएको थियो। हाल अधिक मात्रामा यही भाइरस देखिएको थियो। ए टुटुटु भी प्रकार पनि युरोपमा देखिएको थियो।  

विकास भएका खोपहरूले नयाँ भाइरसविरुद्ध काम गर्छ त?

बेलायतमा हाल दिइरहेको तीन भ्याक्सिनले मानिसको प्रतिरोधी क्षमता बलियो बनाउँछ। यस्तोमा भाइरसले आफ्नो रुप बदलेपनि पनि प्रतिरोधी क्षमतालाई उकासेर भाइरस संक्रमणको असर कम बनाउँछ।

तर, क्याम्ब्रिज युनिभर्सिटीका प्राध्यापक रवि गुप्ताले भाइरसलाई म्यूटेट हुन दिएको अवस्था चिन्ताजनक बन्न सक्छ। बेलायतको ग्लास्गो युनिभर्सिटीका प्राध्यापक डेविड रोबर्टसनले पनि बनिसकेका भ्याक्सिन उपयोगी हुने जनाउ दिएका छन्। भनेका छन्,'नयाँ प्रकारको भाइरसले पनि मानिसमा फ्लू देखाएको छ। त्यसैले प्रभाव हेर्दै भ्याक्सिनलाई अपडेट गर्न आवश्यक छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell