PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

पार्टीमा बहुमत देखाउन ओलीको कसरत: केन्द्रीय कमिटीमा ५५६ सदस्य थप, बालुवाटारमा खुवाए सपथ



पहिलोपोस्ट

पार्टीमा बहुमत देखाउन ओलीको कसरत: केन्द्रीय कमिटीमा ५५६ सदस्य थप, बालुवाटारमा खुवाए सपथ

काठमाडौं: प्रधानमन्त्री तथा नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्। ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन्।

ओलीले ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।

१९७ जना पछिमात्रै थपिने ओलीले छलफलमा बताएका थिए। पार्टी कमिटीमा अल्पमतमा परेपछि ओलीले सदस्य संख्या थपेरै भए पनि बहुमत पुर्‍याउने कोसिस गरेका छन्।

आज मनोनित सदस्यलाई ओलीले सपथ ग्रहण समेत गराएको प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell