PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

ओली समूहको केन्द्रीय कमिटी बैठकले नारायणकाजीलाई प्रवक्ताबाट हटायो, प्रदीप ज्ञवालीलाई जिम्मेवारी



पहिलोपोस्ट

ओली समूहको केन्द्रीय कमिटी बैठकले नारायणकाजीलाई प्रवक्ताबाट हटायो, प्रदीप ज्ञवालीलाई जिम्मेवारी

काठमाडौं: प्रधानमन्त्री तथा नेकपाका पार्टी अध्यक्ष केपी शर्मा ओली निकट केन्द्रीय कमिटीको बैठकले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जिम्मेवारीबाट हटाएको छ। श्रेष्ठलाई हटाएर प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रदीय ज्ञवालीलाई दिइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

यस्तै ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्। ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन्।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा भएको हो। १९७ जना पछिमात्रै थपिने ओलीले छलफलमा बताएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell