PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

 न्यूरोडबाट हुन्डी कारोबारी समातिए



पहिलोपोस्ट

 न्यूरोडबाट हुन्डी कारोबारी समातिए

काठमाडौंः प्रहरीले अवैध हुन्डी कारोबार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत जनसेवाबाट खटिएको टोलीले धादिङ खनियाबास गाउँपालिका वडा नम्बर ३ बस्ने २५ वर्षीय बिर्ज तामाङलाई नियन्त्रणमा लिएको हो।

शंका लागेर तामाङको शरीर चेक गर्दा स्रोत नखुलेको १३ लाख ५ हजार रुपैयाँ फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले जानकारी दिए।

उनी हुण्डी कारोबारी भएको खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell