PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

यो वर्ष जन्‍मदिन नमनाउने योजनामा सलमान खान



पहिलोपोस्ट

यो वर्ष जन्‍मदिन नमनाउने योजनामा सलमान खान

बलिउड स्टार सलमान खान डिसेम्बर २७ देखि उमेरले ५४ लाग्दैछन्। हरेक वर्ष, पान्वेलस्थित फार्म हाउसमा परिवार र साथीभाइसँग जन्मदिन मनाउँदै आएका थिए। यस वर्ष भने त्यसो नहुने भएको छ।

'पहिलो पटक उनी जन्मदिन र नयाँ वर्ष फार्म हाउसमा नमनाउने योजनामा छन्। मलाई लाग्दैन यो वर्ष कुनै कार्यक्रम तय गरिएको छ', बलिउड हंगामाले स्रोतलाई उल्लेख गरेको छ। समाचारका अनुसार यस वर्ष जन्मदिनमा पनि सलमान छायाँकनमा व्यस्त छन्। फिल्म 'अन्तिम'का लागि साथी तथा निर्देशक महेश मन्ज्रेकर र सहकलाकारका रुपमा आफ्नै ज्वाइँ आयुष शर्मासँग काम गरिरहेका छन्।

निर्देशक महेशकी छोरी साइसँग सलमानले दबङ्गको तेस्रो संस्करणमा काम गरेका थिए। साइ फिल्म अन्तिममा पनि देखिने चर्चाको महेशले प्रतिकार गरेका छन्।

यस वर्ष कोभिड-१९ संक्रमणको त्रासका कारण शाहरुख खानले पनि आफ्नो जन्मदिनमा फ्यानहरूलाई भर्चुअल्ली सम्बोधन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell