PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि आवेदन खुल्ला



पहिलोपोस्ट

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि आवेदन खुल्ला

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२१ जुन १८ देखि २० सम्म आयोजना हुने भएको छ। वासिङ्गटन डिसीमा हुने चौथो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरका फिल्मकर्मीका लागि आवेदन खुला गरिएको छ।

महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र ,छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछन्। नेपाल बाहेक अमेरिका, दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरू पनि देखाइनेछ।

वासिङ्गटन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय फिल्मकर्मीहरूलाई प्रोत्साहान गर्न 'डीएमभी क्लोजअप' प्रदर्शनी हुँदै आएको छ। ग्लोबल पिस फिल्म फेस्टिभल फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका फिल्महरूलाई आउँदो वर्ष पनि समेटिने छ।

अन्तर्राष्ट्रिय फिल्मकर्मीहरूको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट फिल्म प्रदर्शनका लागि छनोट गर्नेछन्। प्रदर्शन गरिएका मध्येबाट उत्कृष्टलाई पुरस्कृत पनि गरिनेछ। महोत्सवको अवधिमा फिल्म, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशाला पनि आयोजना हुनेछन्। महोत्सवमा चलचित्र प्रदर्शन पछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने छन्।

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ। कोविड-१९ को कारणले सन् २०२० को संस्करण स्थगित गरिएको थियो। यसै विच उत्तर-अमेरिकाका ७ वटा दक्षिण एसियाली चलचित्र महोत्सवहरूको साझा पहलमा "कोसाफ" सम्पन्न भएको थियो।

चलचित्रको अनलाइनमार्फत् दिन सकिने व्यवस्था गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell