PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

दुई भोजपुरी फिल्ममा शिल्पा पोखरेल, नेपालकी 'सुपर स्टार' भन्दै दिइयो शुभकामना



पहिलोपोस्ट

दुई भोजपुरी फिल्ममा शिल्पा पोखरेल, नेपालकी 'सुपर स्टार' भन्दै दिइयो शुभकामना
तस्विर : शिल्पाको फेसबुकबाट

काठमाडौं : अभिनेत्री शिल्पा पोखरेल भोजपुरी फिल्ममा अभिनय गर्दैछिन्। फिल्महरू 'जय शम्भु' र 'प्रेम गीत २'मा उनको अभिनय रहने भएको हो।

मंगलवार उनको जन्मदिन। आजबाट २७ वर्षकी भइन्। नेपाली फिल्म एवं म्युजिक भिडियोहरूमा काम गरेकी उनले यसै वर्ष भोजपुरी फिल्म उद्योगमा डेब्यु गर्न लागेकी हुन्। त्यसैले यस वर्ष जन्मदिनमा भोजपुरी फिल्मकर्मीले समेत उनलाई शुभकामना दिइरहेका छन्।

भोजपुरी मनोरञ्जन उद्योगको कम्पनी वर्ल्डवाइड रेकर्ड्स भोजपुरीले उनलाई नेपालको 'सुपर स्टार' भएको जनाउँदै शुभकामना व्यक्त गरेको छ।

HAPPY BIRTHDAY - SHILPA POKHREL Upcoming Film JAY SHAMBHU and PREM GEET 2 Super Star Of Nepal And Raising Star of Bhojpuri Industry Best Wishes From, Worldwide Records

Posted by Worldwide Records Bhojpuri on Monday, December 21, 2020

त्यस्तै भारतीय पोर्टल जीन्यूजले पनि शिल्पालाई भोजपुरी फिल्म उद्योगको नयाँ 'स्टार'का रुपमा व्याख्या गरेको छ। भलै उनले गरेका फिल्महरूले समीक्षात्मक एवं व्यवसायिक हिसाबमा सफल छैनन्। फिल्महरू लज्जा, विरंगना, फागु, हवल्दार सुन्तलीलगायतमा काम गरेकी छिन्। तर, ती फिल्मले उनलाई स्‍टारका रुपमा स्थापित गरेको भने छैन।

उनको डेब्यु रहने 'जय शम्भु'मा कलाकारहरू प्रदीप पाण्डे, देव सिंह, धुव्र कोइराला, अनूप अरोरा, आकांक्षा दुबे, कालू राणा, कृष्णा महतो, ताइसन साजन, बिनोद कुमार लगायतको अभिनय रहनेछ। फिल्मलाई सोनू खत्रीले निर्देशन गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell