PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीमा ९ एजेण्डा प्रस्तुत, ओलीलाई कारवाहीदेखि माधव अध्यक्षसम्म



विधुर ढकाल

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीमा ९ एजेण्डा प्रस्तुत, ओलीलाई कारवाहीदेखि माधव अध्यक्षसम्म

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा ९ एजेण्डामा छलफल भइरहेको छ।

पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामा प्रति श्रद्धाञ्जली, आन्तरिक विवाद समन्धी छलफल र अध्यक्षका प्रस्ताव सदस्यलाई वितरण गर्ने तथा भोली पर्सिको बैठकमा छलफल गर्दै जाने लगायतका एजेण्डामाथि केन्द्रीय कमिटीमा छलफल भइरहेको छ।

यस्तै तीन नेताले सम्बोधन गर्ने, पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने, नयाँ नेतृत्वमा माधवलाई प्रस्ताव गर्ने लगायतका ऐजेण्डा तय भएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell