PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

फुटबलको फाइनल खेलमा 'फ्लाइङ किक' चल्यो, ९ जना खेलाडीलाई रेड कार्ड



पहिलोपोस्ट

फुटबलको फाइनल खेलमा 'फ्लाइङ किक' चल्यो, ९ जना खेलाडीलाई रेड कार्ड

यू १७ ब्रासिलेइराओ फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएको फाइनल खेलमा फुटबल मात्र भएन खेलाडीहरु एक्सनमै उत्रिए। फ्लुमिनेस र एथ्लेटिको पारानइन्सबीच सोमबार भएको खेलमा फुटबलमात्र होइन खेलाडीको 'कराँते' पनि चल्यो।

फ्लुमिनेन्सले २-१ गोलअन्तरले जित निकाल्दै उपाधि सुरक्षित गरेको खेलका क्रममा झगडा भएको थियो।

रातो कालो जर्सीमा देखिएको एथ्लेटिकोका खेलाडी एटाइडले फ्लुमिनेन्सका स्ट्राइकर जोआओ नेटोलाई फउल गरेका थिए। ती दुई खेलाडीबीच तनावको अवस्था सिर्जना हुँदैमात्र थियो बेन्चबाट अन्य खेलाडीहरु आए र हातपातमा उत्रिए।

एथ्लेटिकोका डिफेन्डर जोआओ गाब्रियल आए र नेटोको अनुहारमा 'फ्लाइङ किक' चलाए। यस्तोमा अवस्थालाई थप विगार्न एथ्लेटिकोका बेन्चमा रहेका थप खेलाडीहरु पनि मैदान छिरे र नेटोमाथि थप आक्रमण गर्न थाले। र, दुबै पक्षका खेलाडी मैदानमै भिड्न पुगे, फुटबलमा होइन, हात हालाहालमा।

खेल पछि नेटोले सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गरेका छन् जसमा उनको अनुहारको देब्रेतर्फ कान र गालामा चोट लागेको छ।

म्याच पुन सञ्चालन हुनुअघि एथ्लेटिकोका पाँच जना र फ्लुमिनेन्सका चार जना खेलाडीले रेड कार्ड पाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell