PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

त्रिभुवन आर्मी फुटबल क्लबले पायो एएफसी लाइसेन्स



पहिलोपोस्ट

त्रिभुवन आर्मी फुटबल क्लबले पायो एएफसी लाइसेन्स
फाइल फोटो

काठमाडौं: त्रिभुवन आर्मी क्लबले एसियन फुटलब कन्फिडरेसन (एएफसी) क्लब लाइसेन्स प्राप्त गरेको छ। लाइसेन्स प्राप्त गरेसँगै अब क्लबको नाम त्रिभुवन आर्मी फुटबल क्लब हुनेछ।

यसअघि एएफसी लाइसेन्सका लागि नेपालका सबै ए डिभिजन क्लबले गरेको प्रस्ताव अस्वीकृत भए पनि त्रिभुवन आर्मी क्लबका लागि भने एएफसी सकारात्मक सुनिएको थियो।

रेलिगेसनमा परेको सरस्वती क्लबमा बाहेक अन्य ए डिभिजन क्लबहरुले एएफसी लाइसेन्सका लागि गरेको प्रयासमा न्युनतम मापदण्ड नपुगेको भन्दै एएफसीले अस्वीकार गरेको थियो। उता त्रिभुवन आर्मी क्लबका लागि भने एएफसी सकारात्मक सुनिएको थियो।

एएफसी लाइसेन्सका लागि सिनियर टोलीको प्रशिक्षक, जुनियर टोली, महिला टोली, खेल मैदान, टिमको डाक्टर लगायत कर्मचारी मापदण्ड र आर्थिक पारदर्सितालगायतका मापदण्डहरु पुरा गर्नु पर्ने हुन्छ।

लगत्तै आर्मी क्लबले बाँकी रहेका मापदण्ड पुरा गरेर पुन: आवेदन दिएको थियो

योसँगै लिगको उपविजेता त्रिभुवन आर्मी क्लबलाई एएफसीका प्रतियोगितामा सहभागिता जनाउने बाटो खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell