PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

१५ लाख अनियमितता प्रकरणमा अख्तियारले प्रअ गोपाल महतोमाथि सुरु गर्‍यो छानविन



पहिलोपोस्ट

१५ लाख अनियमितता प्रकरणमा अख्तियारले प्रअ गोपाल महतोमाथि सुरु गर्‍यो छानविन

वीरगंज : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीरगंज ११ मा रहेको नेरा विद्यापीठ मावि श्रीपुरका तत्कालीन प्रधानाध्यापक गोपाल महतो, लेखा सहयोगी अमरदेवप्रसाद यादव, विद्यालय व्यवस्थापन समितिका सदस्य मनोजकुमार महतोमाथि छानविन सुरु गरेको छ।

जिल्ला प्रशासन कार्यालय, पर्सामा परेको उजुरी सम्बन्धमा जिप्रका पर्साले उक्त मुद्दा हेर्न अख्तियारको शाखा (जिप्रका)लाई निर्देशन दिएकोले त्यस विषयमा छानविन भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए।

आव २०७६/७७ को प्रदेश सरकारको रु १५ लाखको बजेटमा प्रअसहित तीनैजनाले विभिन्न सामान खर्चबापत १५ लाख सिध्याएको तर सामानको लेखाजोखा गर्दा साढे तीन लाख सामान नपाइएकोले उनीहरुमाथि अनियमतताको छानविन भइरहेको हो।

पर्साका सहायक प्रजिअ भीमकान्त पौडेलका अनुसार अभिभावक सदा अनवरले दिएको उजुरीको आधारमा छानविन गर्दै विद्यालयमा गएर १५ लाख खर्च गरी तयार पारिएको बिल भर्पाइलाई सामानसंग रुजु गर्दा साढे तीन लाखको सामान कम भेटिएपछि आवश्यक छानबिन र कारबाईको लागि अख्तियारलाई परिपत्र गरिएको छ।

प्रअ गोपाल महतो मावि तह द्वितीय श्रेणीका शिक्षक हुन्। प्रथम श्रेणी भयो भने प्रमुख जिल्ला अधिकारीसरहको श्रेणी हुनेछ। प्रअ महतोले अहिले केही महिनाअघि नेरामावि नगवामा प्रअको जिम्मेवारी सम्हालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell